ओलीको निर्णयपछि माधव पक्षले बोलायो स्थायी समिति बैठक, मूल्यको राजनीति छाडिन्न:  नेता नेपाल

काठमाडौं, असार १६ । ओलीको निर्णयपछि माधव पक्षले स्थायी समिति बैठक बोलाएको छ । बिहीबार बैठक बोलाएको माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिईन् । बिहीबार बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताइन् ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषण गरेपछि माधव समुहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।

बुधबार बालुवाटारमा बसेको बैठकले आठ जना नेतालाई स्थायी समिति सदस्यमा मनोनयन गर्ने समेत निर्णय गरेपछि माधव समूहले अध्यक्ष ओली जेठ २ मा फर्कने भनेर प्रचार गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको बताउँदै आएको छ ।

यस विषयमा पनि बैठका छलफल हुनेछ । यता ओलीजी विधि र पद्धति मिचेर फेरि उल्टो बाटो हिडेको नेतृ अष्टलक्ष्मी शाक्यले आरोप लगाएकी छन् ।

मूल्यको राजनीति छाडिन्न:  नेता नेपाल

यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्यको राजनीति नछाड्ने बताएका छन् ।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो । जवाफमा उनले विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने बताए ।

लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै उनले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताए । यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्