सञ्चारकर्मी रुपा सुनारविरुद्ध घरबेटी प्रधानले दिइन् उजुरी, हदै सम्मको कारबाही गर्नुपर्ने माग
काठमाडौं , असार १६ । दलितलाई कोठा भाडामा नदिएको आरोप लागेकी घरधनी सरस्वती प्रधानले आफूलाई षड्यन्त्रमुलक ढंगले फसाइएको भन्दै रुपा सुनारविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।
बुधबार आयोगमा निवेदन दिँदै उनले आफूले जातीय विभेद एवं छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षड्यन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदै सम्मको कारबाही गर्नुपर्ने माग गरेकी छन् ।
उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन् । आफूलाई दलित भएको कारण कोठा नदिएको भन्दै सञ्चारकर्मी सुनारले प्रहरीमा उजुरी दिएपछि प्रधान पक्राउ परेकी थिइन् । उनलाई प्रहरीले ३ दिन थुनामा राखेर छाडेको थियो ।
प्रतिक्रिया दिनुहोस्