एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग
काठमाडौँ , असार १६ । यति बेला देशमा जातियताको विवाद चर्कीएको छ । प्रशंग हो सञ्चारकर्मी रुपा सुनार को , काठमाठौंमा उनले कोठा खोज्दा नदिदा अहिले कतै यसको विरोध भइरहेको छ भने कतै आ आफेनै टिपण्णी बाहिर आइरहेका छन । त्यसमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि मुछिएका छन् ।
उनको घरबेटीलाई छुटाउदा उनको अहिले पुत्ला दहन देखि चर्को विरोध भइरहेको छ । यति मात्र्रै होइन राजीनामा माग समेत भएको छ । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा श्रेष्ठको राजीनामा माग भएको छ ।
जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग गरेको एक नेताले जानकारी दिए ।
सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो ।
३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा राखेर घर पुर्याएका थिए ।मन्त्री श्रेष्ठको उक्त कार्यको सर्वत्र विरोध भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्