संसद विघटनको मुद्दा: आजको सुनुवाई सकियो, चार नायव महान्यायाधिवक्ता गरे वहस
काठमाडौं, असार १५ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको सुनुवाई सकिएको छ । आज सरकारको पक्षबाट चार जना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।
मंगलबार नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेकबहादुर घिमिरे र श्यामकुमार भट्टराईले बहस गरेका छन् ।
सरकार पक्षलाई छुट्याइएको १५ घण्टामध्ये १ घण्टा सभामुख अग्निप्रसाद खरेलका कानुन ब्यवसायिका लागी छुट्याइएको छ । संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समयमध्ये अब ७ घण्टा ५५ मिनेट बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्