पर्सामा चट्याङ लागेर ३ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं, असार १५ । पर्सामा चट्याङले लागेर ३ जनाको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्।
चट्याङले लागेर जिल्लाका सखुवाप्रसौनी गाउँपालिका–४, देवरवानाका ५५ वर्षीय रघुवीर यादव, सखुवाप्रसौनी–१, गदियानीका २७ वर्षीय रोसुला गदी र जिराभवानी–३, जितपुरकी ५० वर्षीया असुतरनीदेवी थरुनीको मृत्यु भएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालले बताए ।
यादव र गदीलाई भैंसी चराउन गएका बेला चट्याङ लागेको थियो भने थरुनीलाई खेतमा धान रोपिरहेका बेला चट्याङले लागेको प्रहरीले जनाएको छ।
यस्तै थरुनीसँगै रहेका ३ जना पनि चट्याङले सामान्य घाइते भएका छन् भने गदीसँगै रहेका राजलली गदीचाहिँ गम्भीर घाइते भएका छन्। उनको अहिले वीरगन्जमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्