सभामुख सापकोटाले दिउँसो सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

काठमाडौं , असार १५ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

उनले आज दिउँसो संसद भवन नयाँबानेश्वरमा अन्तरक्रिया गर्न लागेका हुन् । अन्तरक्रियामा पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले सम्पादकहरुसँग अन्तरक्रिया गर्न लागेको बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटाले यसको विरोध गर्दै आएका छन् । यस विषयमा पनि आज छलफल हुने बुझीएको छ ।

उहाँले सरकारले अध्यादेशमार्फत गरेका संवैधानिक नियुक्तिहरुको पनि विरोध गर्दै आउनु भएको छ ।

सभामुख सापकोटाले यसअघि पूर्वसभामुख, पूर्वप्रधानमन्त्रीहरु तथा कानुनविद्हरुसँग छुट्टाछुट्टै छलफल गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्