प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलास शुरु
काठमाडौं , असार १५ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई चलीरहेको छ ।
आजको बहसमा सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस शुरु गरेका छन् । उनलाई २ घण्टा समय छुट्याइएको छ ।
सोमबमर सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेका थिए । कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट बहस सकिएको थियो ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् ।















प्रतिक्रिया दिनुहोस्