युरोकपमा आज इङल्याण्ड र जर्मनी भिड्दै , कसले मार्ला त बाजि ?

काठमाडौँ , असार १५ । युरोकपको नकआउट चरण अन्तर्गत आज इङल्याण्ड र जर्मनीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार राति ९ः ४५ बजे हुने छ ।

समुह डी मा रहेको इङल्याण्ड समुहमा २ जित र एक बराबरी खेल्दै ७ अंक हासिल गर्दै नकआउट चरणमा पुगेको छ । त्यस्तै जर्मनी भने यस युरोकपको ग्रुप अफ डेथ भनिएको समुह एफबाट ३ खेलमा एक जित एक बराबरी र एक हारसहित ४ अंक बटुल्दै दोस्रो भएर नकआउट चरणमा पुगेको हो ।

इङल्याण्ड र जर्मनी २०१७ को नोभेम्बरमा खेलेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि पहिलो पटक यीनीहरु एक आपसमा भिड्दैछन् । दुवै टिम बीच अहिलेसम्म ३२ खेल भएका छन् । जसमा इङल्याण्ड १३ पटक विजयी भएको छ भने जर्मनीले १५ खेल जितेको छ । त्यस्तै ४ खेल भने बराबरीमा सकिएका छन् ।

युरोकपमा भने इङल्याण्ड र जर्मनीको यो तेस्रो पटक भेट हुदै छ । यस अघि सन १९९६ को युरोकपको सेमिफाइनलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टीमा जर्मनीले ६–५ ले जितेको थियो । त्यसपछि सन २००० को युरोकपमा समुह चरणमा इङल्याण्डले १–० को जित हासिल गरेको थियो ।

त्यस्तै इङल्याण्डको युरोकप नकआउट चरणमा रोचक इतिहास रहेको छ । अहिलेसम्मका युरोकपमा इङल्याण्डले अहिलेसम्म ९० मिनेटका खेलमा जित हासिल गर्न सकेको छैन ।

अहिलेसम्म २ पटक हार बेहोरेको छ भने ४ पटक ९० मिनेट भित्र बराबरी खेलेको छ ।इङल्याण्ड र जर्मनीबीचको विजेताले क्वाटरफाइनलमा स्विडेन र युक्रेनबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्