७ बुँदे सहमति भएसँगै काममा फर्किए पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारी

काठमाडौँ , असार १३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरु काममा फर्केका छन्।प्राधिकरणसँग ७ बुँदे सहमति भएसँगै उनीहरु काममा फर्केका हुन्।

सहमति पत्रमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक श्याम किशोर सिंह र प्राविधिक कर्मचारीहरुका तर्फबाट समिति अध्यक्ष अविनाश अमरसहित जोहन श्रेष्ठ, निरजकुमार सिंह, सद्दाम अली खान, मिलन ढुंगाना र रिता कुमारी साहले हस्ताक्षर गरेका छन्।

प्राविधिक कर्मचारीले उठाएका मागका सम्बन्धमा आइतबार बिहान वार्ता भएको थियो। वार्तामा सहमित जुटेसँगै उनीहरु काममा फर्कन तयार भएका हुन्।

सहमति पत्रमा प्राविधिक कर्मचारीहरुले उठाएका मागहरु पूरा गर्ने, उनीहरुले दिएको राजीनामा अस्वीकृत गर्ने र सबै आन्दोलन आजकै मितिदेखि अन्त्य गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्