भारतमा ३२ करोड बढीले लगाए खोप
काठमाडौं, असार १३ । भारतमा कोरोनाभाइरसका ५० हजार ४० जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा ५७ हजार ९४४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ९२ लाख ५१ ह्जार २९ जना कोरोनामुक्त भएका छन् ।
हाल पाँच लाख ८६ हजार ४०३ जना सक्रिय सङ्क्रमित छन् । कोरोना मुक्त हुने दर ९६.७५ प्रतिशत पुगेको छ । हालसम्म तीन लाख ९५ हजार ७५१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको छ ।
गएको चौबीस घण्टामा ६४ लाख २५ हजार जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । हालसम्म ३२ करोड १७ लाख जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका हुन ।
प्रतिक्रिया दिनुहोस्