उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याइने, सार्वजनिक यातायात तत्काल नचल्ने

काठमाडौं , असार १३ ।उपत्यकामा गत बैशाख १६ गतेदेखि लगाईएको निषेधाज्ञा भोलि रातीदेखि सकिँदै छ । अहिले उपत्यकामा नीजि सवारीलाई जोर–बिजोर नियम लागू गरिएको छ।

यस्तै बार अनुसार पसल खोल्न दिइएको छ। उपत्यकामा राइडर सेवा पनि सुचारु गरिएको छ। तर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको स्रोत बताउँछ ।

स्वास्थ्य मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०सँग समन्वय गरेर निषेधाज्ञा थप गर्नेबारे आज जिर्णय हुने बताइएको छ । अब थपिने निषेध आदेशलाई थप खुकुलो बनाइने बताइएको छ।

सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ ।

यता विज्ञहरुले कोरोना संक्रमणको त्रास कायमै रहेकोले सार्वजनिक यातायात खुलाउन हतार नगर्न सुझाव दिएका छन् । उपत्यकामा बजार मात्रै खोल्दा पनि संक्रमणको अवस्था जटिल बन्नसक्ने उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्