प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : आजको बहस सकियो, आइतवार पनि रिट निवेदकको तर्फबाट बहस हुने

काठमाडौं, असार ११ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा शुक्रवार ९आज० का लागि बहस सकिएको छ । आज रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस गरेका थिए । रिट निवेदकतर्फका कानुन व्यवसायीका लागि तय गरिएको समय अझै दुई घण्टा ३५ मिनेट बाँकी रहेको छ ।

इजलासमा रिट निवेदकका कानुन व्यवसायीलाई दुई घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि इजलास स्थगित गरेका हुन् ।

आज वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डा। दिनमणि पोखरेल, सुनील पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बसह गरे । बाँकी रिट निवेदकतर्फका कानुन व्यवसायीको बहसका लागि तय गरिएको समय अझै बाँकी रहेकाले आइतवार फेरि बहस हुनेछ ।

आजको बहसमा प्रधानन्यायाधीश जबराले रिट निवेदकतर्फका न्यायाधीश अधिवक्ता दिनमणि पोखरेललाई ुप्रधानमन्त्रीले म विश्वास लिदिनँ भन्ने ठाउँ संसद् कि राष्ट्रपति कार्यालय रुु भनेर प्रश्न गरेका थिए ।

जवाफमा अधिवक्ता पोखरेलले संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री ओलीको दाबी नपुग्ने बताएका थिए । अल्पमतको सरकारपछि ३० दिनभित्र विश्वासको मत लिन्छु भनेको प्रधानमन्त्रीले आफूसँग बहुमत नपुग्ने भन्दै विश्वासको मत नलिएपछि फेरि त्यही व्यक्तिले उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेस गर्न नपाउने अधिवक्ता पोखरेलले बताए ।

यता प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सरकारी पक्षले सर्वोच्चको संवैधानिक इजलासमा बहस नोट बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्