असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने, ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकता
काठमाडौं , असार ११ । कोरोनाभाइरस(कोभिड—१९) विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ । देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा करिब ३ लाख ७० हजार नागरिकलाई दिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने तयारी गरेको शाखाले जनाएको छ ।
दोस्रो मात्रा खोप लगाउन जाँदा यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने हुन्छ । यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले समेत दोस्रो मात्रा खोप लगाउन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्