सात दिनभित्र शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको ताकेता पत्र
काठमाडौं , असार ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न तकेता पत्र लेखेको छ ।
सबै सरकारी, सामुदायिक, निजी तथा सहकारी स्वास्थ्य संस्थाहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने सेवाको शुल्क आफ्नो वेबसाइटमा राख्न ताकेता गरेको हो ।
यसअघि, जेठ १८ गते मन्त्रालयले बिरामीको उपचार शुल्क सात दिनभित्र सार्वजनिक तथा पारदर्शी गर्न निर्देशन दिँदै पत्र लेखेको थियो । उक्त निर्देशन धेरै अस्पतालहरुले पालना गरे पनि केही अस्पतालहरुले अझै शुल्क विवरण सार्वजनिक नगरेको भन्दै मन्त्रालयले ताकेता पत्र पठाएको हो ।
शुल्क विवरण सार्वजनिक नगर्ने स्वास्थ्य संस्थालाई कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्