युरोकपमा आज समूह चरणका अन्तिम खेल हुँदै, १६ टोलीको टुंगो लाग्ने

काठमाडौं, असार ९ । यूईएफए युरो कपअन्तर्गत आज बुधबार समूह चरणका अन्तिम खेल हुँदै छन्।

आज हुने समूह ‘ई’ र ‘एफ’को खेलपछि अन्तिम १६ को समीकरण पूरा हुनेछ।

आज समूह ‘ई’का स्विडेन र पोल्यान्ड तथा स्लोभाकिया र स्पेन भिड्नेछन्। यो खेल राति पौने १० बजे हुनेछ। समूह ‘एफ’को खेलमा जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्स खेल्नेछन्। यो खेल मध्यराति पौने १ बजे हुनेछ।

स्लोभाकियाविरुद्ध स्पेन
समूह ‘ई’को दोस्रो स्थानमा रहेको स्लोभाकियाले तेस्रो स्थानको स्पेनसँग खेल्दै छ।सेन्ट पिटर्सबर्ग स्टेडियममा हुने खेलमा दुवै टोली जितको लागि मैदान उत्रिनेछन्।

खेल राति पौने १० बजे सुरु हुनेछ। समूहको दोस्रो स्थानमा रहेको स्लोभाकिया स्पेनलाई पराजित गर्दै नकआउट चरणको प्रवेश गर्न चाहन्छ।

उता अघिल्लो चरण प्रवेश गर्नका लागि स्लोभाकियालाई पराजित गर्ने पर्ने दबाबमा स्पेन छ। आजको खेलमा पराजित भएमा स्पेनको अघिल्लो चरणको सम्भावना सकिनेछ।

‘हेड टु हेड’मा स्लोभाकियाभन्दा स्पेन बलियो टोली हो।

हालसम्म यी दुई टोलीबीच ६ पटक भेट भएको छ। यी ६ भेटमा स्पेनले ४ खेल जितेको छ भने १ खेल बराबरीमा टुंगिँदा एक खेलमा पराजित भएको छ।

युरोकप फुटबलमा यी टोली दुई पटक भेट भएका छन्। यी दुई भेटमा एक खेल स्पेनले जितेको छ भने एक खेल स्लोभाकियाले जितेको छ।सन् २०१५ पछि पहिलोपटक यी टोली आमनेसामने हुनलागेका हुन्।

स्विडेनविरुद्ध पोल्याण्ड

युरोकपको अन्तिम १६ मा स्थान बनाइसकेको स्विडेनले आज पुछारको पोल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।

समूह विजेता बन्दै नकआउट चरणमा जानका लागि स्विडेनलाई जित्नैपर्ने दबाब छ। आजको खेलमा हार वा बराबरीले मात्रै पनि समूह उपविजेता बन्नेछ।

पोल्यान्ड भने आजको खेलमा स्विडेनलाई हराउँदै अन्तिम १६ मा जाने सम्भावना जीवित राख्न चाहन्छ। बराबरी या हारले पनि पोल्यान्डको अन्तिम १६ मा पुग्ने सपना सकिनेछ।

स्विडेन र पोल्यान्डबीच अहिलेसम्म २६ पटक भेट भएको छ। यो भेटमा पोल्यान्डले ८ खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ। १४ खेलमा भने स्विडेन विजयी भएको छ।

यी टोली सन् २००४ पछि पहिलो पटक भेट्दै छन्। अन्तिक पटक यी टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भेट भएका थिए। युरोकपमा भने पाँचौँ पटक भेट हुनलागेका हुन्।

यसअघिकै ४ खेलमा स्विडेन विजयी भएको छ।

जर्मनीविरुद्ध हंगेरी
समूह चरणको अन्तिम खेलमा जर्मनीले चिरप्रतिद्वन्द्वी हंगेरीसँग खेल्दै छ।

अंकतालिकाको दोस्रो स्थानमा रहेको जर्मनीले पुछारमा रहेको हंगेरीलाई पराजित गर्दै समूह विजेताको रुपमा अघिल्लो चरण पुग्न चाहन्छ।

आजको खेलमा हार वा बराबरीले मात्रै पनि जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना कठिन बन्नसक्छ।

यता हंगेरी पनि बलियो टोली जर्मनीलाई हराउँदै अन्तिम १६ मा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।

जर्मनी र हंगेरी चिरप्रतिद्वन्द्वी टोली हुन्। जर्मनीले हंगेरीलाई अहिलेसम्म १३ पटक हराएको छ। बाँकी १० खेलमा बराबरी गर्दा १० खेलमा हंगेरी विजयी भएको छ।

युरोकप फुटबलमा भने यी टोली पहिलोपटक भेट्नलागेका हुन्। यसअघि सन् २०१६ मा भएको मैत्रीपूर्ण खेलमा जर्मनी विजयी भएको थियो।

पोर्चुगलविरुद्ध फ्रान्स
अन्तिम १६ मा स्थान बनाइसकेको फ्रान्सले आज पोर्चुगलसँग खेल्दै छ।

प्रतिक्रिया दिनुहोस्