आइतबारबाट आन्तरिक उडान खुल्ने
काठमाडौं, असार ९ । कोरोनाका कारण बन्द रहेको आन्तरिक उडान आइतबारबाट खुल्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आइतबारबाट ५० प्रतिशत उडान हुने भएका हुन्।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीले आइतबारबाट आन्तरिक उडान सुरु हुने जानकारी दिए। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आन्तरिक उडान खोल्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषदले ५० प्रतिशत उडान खोल्ने निर्णय गरे पनि थप स्पष्ट पार्न मन्त्रालयलाई जिम्मा दिएको थियो।
मन्त्रालयले सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत उडान संख्या कटौती गरी उडान हुनेछ।
प्रतिक्रिया दिनुहोस्