साँझ ५ बजे पाँच दलको बैठक देउवा निवासमा बस्दै, के छ एजेडा ?
काठमाडौं , असार ९ । आज साँझ ५ बजे पाँच दलको बैठक बूढानिलकण्ठमा बस्दैछ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पाँच दलको बैठक बस्न लागेको हो ।देशको पछिल्लो राजनीतिक घटनाका बारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।
बैठकमा देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेल सहभागी हुनेछन् ।















प्रतिक्रिया दिनुहोस्