अप्ठ्यारोमा परेका ओलीले गरे निकट नेताहरुसँग छलफ, गरे फेरि यस्तो निर्णय

काठमाडौं, असार ९ । सर्वोच्च अदालतको आदेशपछि २० मन्त्री पदमुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले अदालतको आदेशपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरुसँग छलफल गरेका हुन् । छलफलमा प्रदीप ज्ञवाली, ईश्वर पोखरेललगायतका नेताहरु सहभागी थिए ।

यस अघि मंगलबार ओलीले पदमुक्त भएका २० मन्त्रीहरुसँग बालुवाटारमा छलफल गरेका थिए । निवर्तमान मन्त्रीसँगको छलफलमा प्रधानमन्त्री ओलीले अदालतले दुःख दिएको बताएका थिए । सर्वोच्चको पछिल्लो फैसलाले प्रधानमन्त्री ओली थप अप्ठ्यारोमा परेका छन् ।

आफूले गरेका एकपछि अर्को निर्णय अदालतबाट बदर भएपछि प्रधानमन्त्री ओली कानूनी रुपमा अप्ठ्यारो अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्