नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न बाटो खुल्यो, अब खोप पाउन सहज हुने
काठमाडौं, असार ८ । नेपालमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले विदेशमा उत्पादनरअध्ययनरपरीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो ।
मन्त्रिपरिषद्ले गरेको निर्णयले नेपाली नागरिकले खोप पाउने विषय पनि सहज हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले बताए । अहिले विश्वभरिका नागरिकले लगाइरहेको खोप पनि परीक्षणमै रहेकाले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणका लागि अनुरोध गर्न सक्ने उनले बताए ।
परीक्षण गर्न आउने खोप उत्पादकले नागरिकको हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा। ज्ञवालीले बताए । नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ता रोगविरुद्धका खोपको सफल परीक्षण भएकाले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने उनको भनाइ छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनासम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ । साथै परिषद्ले आउँदो असार १७ र १८ गते काठमाण्डौमा सम्मेलन गर्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस्