काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपियो , जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिइने
काठमाडौं, असार ६ । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।
निजी सवारीलाई जोर- बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। यस्तै बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।
प्रतिक्रिया दिनुहोस्