देउवाले गरे केन्द्रीय सदस्यहरुसँग छलफल, महाधिवेशन लक्षित सक्रियता बढ्दै
काठमाडौं, असार ६ । पुन सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका सभापति देउवाले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरेका छन्। शनिबार एक र दुई नम्बर प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका देउवाले आज बाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरिरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
देउवा निवास बुढानिलकण्ठमा जारी छलफलमा केन्द्रीय सदस्यहरु, डा। प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, अम्बिका बस्नेतलगायत सहभागी छन्। देउवाले आसन्न महाधिवेशनमा आफूले एक पटक फेरि कांग्रेसको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन्।
नेताहरुसँगको छलफलमा देउवाले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्। कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। देउवाले महाधिवेशन लक्षित सक्रियता बढाएका छन्।
यसैबीच महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्रको राजनीतिक गर्माएको छ। सभापति शेरबहादुर देउवाले फेरि एक पटक कांग्रेसको नेतृत्व गर्ने भन्दै सभापतिमा उम्मेद्वारी दिने संकेत गरेका छन् भने देउवा खेमाका नेता बिमलेन्द्र निधिले पनि सभापतिमा उम्मेद्वारी दिने इच्छा देखाएका छन्।
उता सस्थापनइतर पक्षबाट पनि सभापतिको उम्मेद्वारको आकांक्षी धेरै छन्।















प्रतिक्रिया दिनुहोस्