उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने ५३५ सवारी साधनमाथि कारबाही
काठमाडौँ, असार ३ । निषेधाज्ञा खुकुलो बनाएपछि उपत्यकामा सवारी साधानको अत्यधिक चाप बढेको छ ।
ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ भने चेकजाच पनि कडाइ गरिएको जनाएको छ ।
यसैबीच काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा उल्लंघन गर्ने ५३५ वटा सवारी साधनमाथि कारबाही गरिएको छ ।कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएकै बेला उनीहरुमाथि कारबाही गरिएको हो ।
विहीबार ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चलाइएका सवारी साधनमाथि कारबाही गरेको बताएको छ ।
जसमा ४२८ ओटा दुई पाङग्रे, ८० ओटा चारपाङ्ग्रे, ४ ओटा ट्याक्सी र २३ ओटा ठूला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ । असार १ गतेदेखि ७ गतेसम्म केही खुकुलो गर्दै निषेधाज्ञा थप भएको हो ।
प्रतिक्रिया दिनुहोस्