बाढी–पहिरोः पीडितलाई उद्धार र राहतका कार्य व्यवस्थित गर्न खनाल–नेपाल समूहको आग्रह

काठमाडौं , असार ३ । नेकपा (एमाले)को खनाल–नेपाल समूहले बिहीबार स्थायी कमिटी बैठक बसेर उद्धार र राहतका कार्य व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरूको उपचार गर्न उसले ध्यानाकर्षण गराएको हो ।

“मृतकका परिवारलाई आर्थिक सहयोग लगायतका उद्धार र राहतका कार्यहरू प्रभावकारी, निष्पक्ष र पारदर्शीरूपमा उपलब्ध गराउन हामी नेपाल सरकारसंग माग गर्दछौं । वर्षायाममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी गरिएको नदेखिनु दुःखको विषय हो,” उसल भनेको छ, “यस्तो स्थितिमा तुरुन्त परिवर्तन हुनुपर्छ । अहिले मनसुन शुरु मात्र भएको छ । आगामी दिनहरूमा समस्या अझैं गम्भीर हुने सम्भावना देखिन्छ । यसको निम्ति समयमै विशेष व्यवस्था गर्नुपर्ने बारेमा राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधिहरू तथा आम जनसमुदायको ध्यान आकर्षित गर्न चाहन्छौँ । साथैयस्तो प्राकृतिक विपत्तिमा आ–आफ्नो ठाउँबाट पीडित जनसमुदायको उद्धार र राहत कार्यमा सक्रियताका साथ योगदान गर्न हामी राज्यका सबै अंगहरू, सम्पूर्ण पार्टी, जनसंगठनहरू, जनप्रतिनिधिहरू, पार्टी सदस्यहरू, नागरिक समाज तथा सबै सामाजिक संघसंस्थाहरूलाई हार्दिक आह्वान गर्दछौं ।”

लगातार परको वर्षाले देभरको जनजिवन अस्तब्यस्त भएको छ । कयौं बेपत्ता छन् भने उनीहरु खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्