विषाक्त मदिरा सेवनबाट सर्लाहीमा ८ जनाको मृत्यु
काठमाडौं , जेठ ३१ । विषाक्त मदिरा सेवनबाट सर्लाहीमा आठ जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन् ।
यस्तै भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि मृत्यु भएको छ । जिल्लाको पडरिया गाउँमा सञ्चालित भट्टी पसलमा मदिरा सेवन गरेका उनीहरुको चार दिनको अवधिमा मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरिया गाउँमा विषाक्त मदिरा सेवनबाट चार दिनमा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट भृत्यु भएको जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। नवलकिशोर झाले जानकारी दिएका छन् ।
तर, मृतकहरूको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब काठमाडौंमा पठाउने तयारी गरिएको उनले बताएका छन् । उनले बिरामीहरूसँग पनि घटनाबारे थप सोधखोज गरिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्