झलनाथ खनाललाई आकस्मिक कक्षबाट वार्डमा सारियो, अक्सिजन सपोर्टमा राखेर उपचार चल्दै
काठमाडौं , जेठ ३१ । स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । उनको हाल वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।
खनालको अवस्था हाल सामान्य रहेको र उनको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालले जनाएको छ ।उपचारमा संलग्न चिकित्सकहरूकाअनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।
नेता खनाललाई ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।
प्रतिक्रिया दिनुहोस्