कामना सेवाकोे प्रदेश १ को मधुमल्ला र केराबारीमा एकैदिन शाखा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले एकैदिन २ वटा शाखा संचालनमा ल्याएको छ ।

बैंकले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. १ को मोरङ जिल्लाको मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ०९, मधुमल्ला र केराबारी गाउँपालिका वडा न. १०, केराबारीमा यही असार ३ गते आफ्नो ९०औं र ९१औ शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक देव कृष्ण काफ्ले तथा प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा संचालक काफ्लेले यी शाखा समेत गरि प्रदेश नं. १ मा ११ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले विश्वास लिएको बताए ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्