जीवन विकास लघुवित्तले गर्याे १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा
काठमाडौं, ९ मंसिर । विभिन्न पब्लिक कम्पनीहरुले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरिहरको छन् । कतिपय कम्पनीहरुले घोषणा गरिसकको छन् भने कतीले गर्न बाँकी नै छन् । यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
मंसिर ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। यसले शेयरधनीलाई राहत भएको छ ।
प्रतिक्रिया दिनुहोस्