पालिकाको समृद्धिको लागि धेरै काम गरेका छौं: प्रमुख दीपक रिसाल

काठमाडौं, असार १३ ।  गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, धार्मिक सम्पदाको संरक्षण एवं प्रवद्र्धन, रोजगार सिर्जना गर्नु नै नगरको मुख्य लक्ष्य रहेको बताएका छन् ।

रेडियो आहाका लागि रञ्जित धमलासँग कुरा गर्दै प्रमुख रिसालले नगरपालिकको दिगो विकासको लक्ष्य सबै भन्दा पहिला सडक र पूर्वाधार, पर्यटन प्रवद्र्धन, धार्मिक सम्पदाको संरक्षण एवं प्रवद्र्धन, रोजगार सिर्जना गर्नु नै नगरको मुख्य लक्ष्य रहेको बताएका हुन् ।

उनले कतिपय योजना निर्माण सम्पन्न भएको र धेरै ठाउँमा पिच पनि भइसकेको जनाउँदै बाँकी रहेको कार्यलाई पनि अगाडि बढाइने जानकारी दिए । नगरपालिकाको व्यवस्थापनमा आफुहरु खटेर लागेको र ५ वटा वडामा करिव ९९ प्रतिशत काम सम्पन्न भईसकेको जनाए ।

उनले भने, ‘अब भनेको १,२,३ ४ हो यसमा कृषि क्षेत्र, पर्यटन क्षेत्रका लागि पनि पहल भइरहेको छ । साथै खानेपानिलाई पनि जोडेका छौं । यसमा प्रशस्त बजेट पनि राखेका थियौं ।’
खानेपानीको लागि पनि नजिक पुगेको दाबि गर्दै उनले भने, ‘सुन्दरीजलको पानी यस क्षेत्रमा कतिपयलाई वितरण गरिसकिएको छ भने कतिपय ठाउँमा जोड्न मात्रै बाँकी छ । एकै चोटी १ सय १५ घरधुरीलाई पुग्ने गरि पानी खुवाउँदैछौं ।’

गोकर्णेश्वर नगरपालिकामा पानीको समस्या अवको. ६/७ महिनामा सामाधान हुने उनले बताए । यसका लागि मर्मत तथा सम्भारको कार्य तिब्र गतिमा बढिरहेको उनको भनाइ छ ।

आफुहरुले स्वास्थ्य, शिक्षा र रोजगारमा बढि ध्यान दिएको बताउँदै उनले स्वास्थ्य बीमा कार्यक्रमहरु पनि अगाडि बढिरहेको जनाए । केहिको बीमा गरेको र यो वर्ष सबै स्थानीय नागरिकको बीमा गर्ने योजनामा नगरपालिका रहेकोमा बताए । स्वास्थ्य सेवा निःशुल्क दिने, गुणस्तरीय शिक्षाका लागि स्तरोउन्नति, तालिम, पूर्वाधार ल्याब, लाईबे्ररीका साथै गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिलाई पनि जोड दिएको उनले जानकारी दिए ।

शिक्षाको गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरुलाई विभिन्न समयमा निरिक्षण, अनुदान, प्रशिक्षण, प्राविधिक शिक्षाकोलागि आवश्यक उपकरणसमेत पालिकाले प्रदान गर्दै आएको उनले बताए ।

स्वास्थ्य, शिक्षा, धार्मिक, पर्यटक, धार्मिक क्षेत्रलाई संरक्षण गर्ने, शहरी क्षेत्रका ढल व्यवस्थापन, जेष्ठ नागरिककालागि घर/घरमा स्वास्थ्यकर्मी पठाउने सहितका योजना नगरपालिकाले अगाडि सारेको जानकारी उनले दिए । विशेषगरी रोजगारको विषयलाई आफुले नजिकबाट चुनौतीका रुपमा नियालीरहेको उनको भनाईछ ।

यहाँका स्थानीयलाई स्वरोजगार बनाउन विभिन्न आत्मा निर्भर बन्ने तालिम आफुहरुले दिएको उल्लेख गरे । किसानलाई लक्षित गर्दै समय समयमा तालिको व्यवस्था, कृषि औजार वितरण, च्याउखेती तालिम सिकाइननुकासाथै रु. १ करोड बाख्रा र १२ लाखको गाई वितरण कार्यक्रम तयारीमा रहेको उनले जानकारी दिए । त्यस्तै २ टा गाई भएका किसानलाई १ गाई र २ वटा बाख्रा भएकालाई १ बाख्रा उपहार स्वरुप वितरण गर्न पनि योजना रहेको मेयर रिसालले बताए ।

यहाँका महिलाहरुलाई पनि आत्मा निर्भर बनाउनका लागि आयस्तर बढाउन लागिपरेको उल्लेख गर्दै तालिमका कार्यक्रम पनि पालिकाको प्रस्तुत नीति कार्यक्रममा राखेको उल्लेख गरे । रोजगारीको अवसर दिने योजनालाई नीति तथा कार्यक्रममा विशेष जोड दिएको उनले जनाए ।

गोकर्णेश्वर नगरपालिकाले यस अघि पनि जुत्ता बनाउने, कोरियन भाषा सिकाई, कुक, ड्राइभिङ्ग लगायतका तालिम दिएको र फेरि पनि यस्ता अवसरहरु ल्याउने तयारीमा रहेको उनले बताए ।

अन्य पालिकाले भन्दा यस गोकर्णेश्वर नगरपालिकाले विशेष गरि आत्मा निर्भर बनाउने खालका कार्यक्रमलाई जोड दिन चाहेको उनको भनाई छ । आगामी दिनमा पनि सक्षम र रोजगारमुलक कार्यक्रमहरु संचालनमा भइरहने जानकारी गराए ।

नयाँ/नयाँ आत्मनिर्भर बन्ने योजना ल्याए पनि यसमा केहि चुनौती र कठिन भने रहेको उनले बताए । कतिपय योजना संघ र प्रदेशले नै रोकी दिने गरेको उनको गुनासो छ ।बाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, ढल, शहर व्यवस्थापन, रोजगार, औद्योगीकरण नै यस नगरपालिककाको प्रमुख प्राथमिकता रहेको, यसलाई संघ र प्रदेश सरकारले कहिले काँही रोक्दा दुःख लाग्ने गरेको प्रमुख रिसालले बताए ।

गोकर्णेश्वर नगरपालिका स्थानीय धार्मिकस्थल र पर्यटक स्थलको संगम रहेको नगर प्रमुख दिपक रिसालले बताए । भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिकस्थल, पवित्र बागमती नदीले शुशोभित भएको यस नगरपालिकाको आफ्नै छुट्टै महत्व र पहिचान रहेको उनको भनाइ रहेको छ ।

यहाँ रहेका पर्यटकस्थल र तिनको निर्माण तथा विकासका लागि नगरपालिकाले सहयोग गरेको बताउँदै उनले आगामिदिनमा पनि यसलाई थप जिर्णोदार तथा नयाँ निर्माणका लागि निरन्तर बढिरहने प्रतिवद्धता व्यक्तगरे ।
यस क्षेत्रमा रहेका धार्मिकस्थलमा पर्यटक लक्षित गरि अगाडि बढाउनका लागि ९ वटै वडामा धार्मिक समिति बनाएको बताउँदै उनले यो बनाउनुको कारण त्यहाँ भएका मठमन्दिरहरुको ऐतिहासिक दस्तावेज अभिलेख राख्ने तथा पुनः निर्माण गर्ने उदेश्य हो ।

उनले भने, ‘यसरी धार्मिक समिति नै निर्माण गरेर प्रचार/प्रसार गर्दा यस क्षेत्रमा  धार्मिक पर्यटक तथा धर्मावलम्विहरु आकर्षित गर्ने प्रमुख लक्ष्य होे । यस क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउने उदेश्य नगरपालिकको रहेको छ । यसको लागि संरक्षण तथा निर्माणमा प्रतिवद्ध भएर अहिले नगरिपालिका लागि परेको छ ।’

ऐतिहासिक, धार्मिकस्थल, मठमन्दिरहरु, गुम्बा लगायत नगरपालिकामा रहेको बताउँदै उनले भने, ‘यसको संरक्षणका लागि नगरपालिकाले आउने दिनमा अझै छुट्टैैनीति ल्याउनेछ । त्यसमा पनि धार्मिकस्थल र पर्यटक स्थलका लागि छुट्टैनीति ल्याएर अगाडि बढ्ने योजनामा हामी जुटेका छौं ।’
धार्मिकस्थल र पर्यटकस्थललाई नीति तथा कार्यक्रममा प्रस्तुत गरेको जानकारी दिदै समिति बनाएर नै कार्यक्रममा जोड दिएर प्रचार प्रसार गरिने जानकारी दिए आर्थिक उन्नती बढाउने सोचकासाथ आफुहरु अगाडि बढेका उनको भनाइ छ । उनले भने, अब आउने कार्यक्रमा पनि राखेकाछौं जसले गर्दा यहाँका नगरबासीहरुले रोजगारी पाउनेछन् ।

गोकर्णेश्वर नगरपालिका नेपाल सरकारको मिति २०७१ मङ्सिर १६ गतेको निर्णयबाट साबिक सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटी गाविसहरुलाई समेटी स्थापना भएको नगरपालिका हो ।

यहाँ महादेव मन्दिर यस नगरपालिकाको पूर्वमा कागेश्वरी मनोहरा नगरपालिका र सिन्धुपाल्चोक जिल्ला, पश्चिममा काठमाडौँ महानगरपालिका, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक जिल्ला तथा दक्षिणमा काठमाडौँ महानगरपालिका र कागेश्वारी मनोहरा नगरपालिका पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्