माछापुच्छ्रे बैंकले भन्यो, ‘हराएको रकम ग्राहक कै मोबाइल बैंकिङ्गमार्फत अन्य खाताहरुमा ट्रान्सफर भएको देखियो’

काठमाडौं, १० जेष्ठ । माछापुच्छ्रे बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएकोबारे बैंकले आफ्नो सिस्टममा कुनै पनि समस्या नदेखिएको जनाएको छ।

माछापुच्छ्रे बैंक लिमिटेडको रौतहत, चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमा प्रकाशित भएको समाचारप्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

ग्रहकको गुनासो प्राप्त भएपश्चात बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ्ग प्रयोग गरि अन्य बैंकका विभिन्न खाताहरु तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको, बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओ.टि.पी ग्राहक कै मोबाइलमा गएको देखिएको हुनाले उक्त कोड अनाधिकृत पहुँच नपु¥र्याइ उक्त कारोबार हुन नसक्ने बैंकले स्पष्ट पारेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरि आवश्यक कारवाही गर्न प्रहरीमा अनुरोध समेत गरिसकेको बैंकले जनाएको छ ।

बैंकले ग्राहकहरुको बैंक खातामा रहेको बचत पूर्ण रुपमा सुरक्षित रहेको जानकारी सबै ग्राहकवर्गमा समेत दिएको छ । साथै बैंकले मोबाइल बैंकिङ्ग, अन्य डिजिटल सेवाहरु प्रयोग गर्दा सावधानी अपनाउन ग्राहक महानुभावहरु तथा सम्पूर्ण जनमानसामा आग्रह गरेको छ । बैंकले सरल र सुरक्षित तरिकाले ग्राहकलाई सेवा प्रदान गर्न कटिबद्ध रहेका समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्