हिमालयन हाइड्रोपावरलाई आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति

काठमाडौं, ५ बैशाख । हिमालयन हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हाइड्रोपावरले २२ करोड ५० लाख रुपैयाँ बराबरको वा कुल २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो । हिमालयन हाड्रोपावर लि।अन्तर्गत रहेको नार्माजुन मादी जलविद्युत आयोजना ९१२ मे।वा० कास्कीको साविक नार्माजुन गा।वि।स।र हाल मादी गाउँपालिकामा रहेको छ । यस आयोजनाले २०७७ साल असोज १२ गतेबाट व्यापारीक विद्युत उत्पादन गरि उत्पादित विद्युत ३३ के।भि प्रसारण लाइन मार्फत मादी पावर प्रा।लि।ले निर्माण गरेको १३२ प्ख् को ट्रान्समिशन लाईनमा जोडि लेखनाथ सवस्टेशनमा ल्याई जोडिएको छ ।

यस आयोजनाको नियामित उत्पादन हुँदा हुदै अकस्मात २०७८ साल जेष्ठ महिनाको ३१ गते आएको बाढि र पहिरोको कारण विद्युत उत्पादन बन्द रहे पनि मर्मत संभार लगायात सम्पुर्णसामानहरु समेत परिर्वतन गरी २०७८ साल फागुन १६ गतेबाट पुन संचालनमा आएको छ ।

यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘बी प्लस’ रेटिङ दिएको छ । यसको अर्थ कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको मानिन्छन्।। हाइड्रोपावरको बिक्री प्रबन्धकको सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्