नेप्से ओरालो लाग्ने क्रम निरन्तर

काठमाडौं, ५ बैशाख । शेयर बजार लगातर घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएको छ। सोमबार नेप्से परिसूचक ४१।७७ अंक घटेर २३४३।८७ विन्दुमा बन्द भएको छ।

यस दिन दिन सेन्सेटिभ इण्डेक्स ६।८२ अंक घटेर ४४४।१५ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स २।५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।६२ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा सामान्य बढेको छ। यस दिन २२९ स्टकको ३१ हजार ८२५ पटकको कारोबारमा १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको ३८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २४८ रुपैयाँ ८० पैसा बढेर २ हजार ७३७ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने जाल्पा लघुवित्तको शेयरमूल्य ६ प्रतिशत बढेको छ।

कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य यस दिन सर्वाधिक ८।३३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन हिमालयन उर्जा विकास कम्पनी र इमर्जिङ्ग नेपालको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४ करोड ९६ लाख २६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ४ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने महालक्ष्मी विकास बैंकको ४ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३।४४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ३।०९ प्रतिशत घटेको छ भने जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। यसले गर्दा पुँजी बजारमा लगानी जोखिम मय हुँदै गएको छ । लगानी गर्दा कम्पनी लाई राम्ररी अध्ययन गरेर मात्र गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्